थप ७८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । देशभर आज थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
३ हजार ५ सय १५ नमूना परिक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय जनाएको छ ।
मन्त्रालयका अनुसार आज २३ संक्रमित निको भएका छन् भने ५ सय ८ जना सक्रिय संक्रमित छन् ।
यस्तै आज ८८ हजार ६ सय ४४ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्