तपाईँ सुन्दै हुनुहुन्छः

जोखिममा रहेका बस्ती स्थानान्तरणको काम सुरु

सिन्धुपाल्चोक । गत असार १ तथा त्यसपछि आएको बाढीका कारण क्षति पुगेका बस्ती स्थानान्तरणको काम सुरु भएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा याङ्ग्री लार्के खोलामा आएको बाढीबाट प्रभावितहरूको स्थानान्तरणको प्रक्रिया सुरु भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

गाउँपालिकाले विशेष गरी याङ्ग्री, सुनचौर, माईखर्क, भाङ्च्युङ्ग र तिपेनीमा स्थायी बसोबास गर्ने बस्तीका बाढीपीडितहरूलाई त्यस ठाउँबाट अन्यत्र स्थानान्तरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र पुन निर्माण प्राधिकरणमा पहल गरेको थियो ।

भौगर्भिक अध्ययनबाट १६९ घरपरिवारलाई स्थानान्तरणका लागि लाभग्राही कायम गरिएको गाउँपालिकाले जनाएको छ । जसमा पुन निर्माणका लागि १३ र प्रबलीकरण अर्थात् मर्मतका लागि २ गरी जम्मा १८४ जना लाभग्राही कायम गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

बाढी प्रभावितहरूले जग्गाको व्यवस्थापन गर्न सकेमा यही महिनाभित्र पुन निर्माणका लागि सम्झौता गरी प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button