तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय सुनसरीको हाताभित्र स्तनपान कक्ष सञ्चालन

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीको हाताभित्र कार्यालयमा आउने शिशुसहितका सेवाग्राही तथा महिलाको सुविधाका लागि स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय परिसरमा निर्माण गरिएको स्तनपान तथा शिशु स्याहार कक्ष सञ्चालनमा ल्याइएको हो ।

सेवा प्रवाहलाई महिलामैत्री बनाउनका लागि प्रशासन कार्यालयको हाताभित्रै स्तनपान कक्षको व्यवस्था मिलाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

प्रजिअ यादवले पछिल्लो समय कार्यालयमा सेवा लिन आउने महिलाको सङ्ख्या बढ्दै जाने र कार्यालयभित्र काम हुँदाहुँदै केही समय कुर्नुपर्ने अवस्थामा सहज रूपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन् र सुरक्षित स्थानमा स्तनपान गराउन सकुन भन्ने उद्देश्यले स्तनपान कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो ।

प्लान इन्टरनेशनल ग्रामीण समाज उत्थान केन्द्र र सामुदायिक समाज उत्थान केन्द्रको संयुक्त सहयोगमा कार्यालयको एक वटा कोठा व्यवस्थापन गरेर स्तनपान कक्ष बनाइएको हो ।

स्तनपान कक्षभित्र आउने सुत्केरी/स्तनपान गराउने सेवाग्राहीहरूको लागि रङ्ग रोगन, भित्ते लेखन, आलमुनिय पार्टिसन लगायतका बालबालिकाका लागि चाहिने विभिन्न सुविधा र सामाग्रीहरू सहितको स्तनपान कक्ष निर्माण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button