सञ्चार माध्यममा भाषिक शुद्धतालाई आचारसंहितामा समेटिने

काठमाडौँ । सञ्चार माध्यममा भाषिक शुद्धता कायम गर्न एउटै मानक बनाउन विज्ञहरूले सुझाव दिएका छन् ।
भाषा आयोगले आज काठमाडौँमा आयोजना गरेको सञ्चार माध्यममा भाषाको प्रयोग विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभाग प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरेले पढेर भन्दा पनि सुनेर तथा हेरेर दर्शक श्रोता छिटो प्रभावित हुने हुँदा सञ्चार माध्यममा प्रयोग हुने भाषा शुद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
भाषाविद् प्रा.डा.जीवेन्द्र देव गिरीले भाषा समयअनुसार परिमार्जन हुँदै जाने हुँदा एउटै मानक बनाएर प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहितामा भाषिक शुद्धतालाई पनि समेट्ने बुँदा थप्न पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले नेपालका लोपोन्मुख भाषाहरूको संरक्षणमा आयोगले विशेष जोड दिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्