तपाईँ सुन्दै हुनुहुन्छः

‘द्वन्द्वपीडितलाई सामाजिक सुरक्षाको आवश्यकता छ’

बर्दिया । नेपालका लागि स्विजरल्याण्डकी राजदूत एलिजाबेथ वोन क्याप्लरले द्वन्द्वपीडितलाई सामाजिक सुरक्षाको आवश्यक रहेको बताउनुभएको छ ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका जनप्रतिनिधि र द्वन्द्वपीडित परिवारका सदस्यहरूसँगको छलफलमा उहाँले नेपालमा भएको दश वर्षे सशस्त्र द्वन्द्वपीडित परिवारहरूको कुरा सुन्दा स्वास्थ्य, शिक्षा आवश्यक भएकोले सामाजिक सुरक्षाका कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले जिम्मेवार भएर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

बर्दियामा स्विजरल्याण्ड सरकारको सहयोगमा सञ्चालित मानसिक स्वास्थ्य परामर्श कार्यक्रमको विषयमा पनि छलफल गरिएको छ । छलफलमा द्वन्द्वपीडितहरूले कार्यक्रमको निरन्तरता र स्थानीय सरकारले अपनत्व लिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

स्विजरल्याण्ड सरकारको सहयोगमा सीएमसी नेपालले बर्दिया जिल्लाको ४ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button