तपाईँ सुन्दै हुनुहुन्छः

बस दुर्घटना हुदाँ २० जना घाइते

गोरखा । चितवनको नारायणगढबाट अजिरकोट गाउँपालिकाको भच्चेक जाँदै गरेको बस दुर्घटना भएको छ । सिरानचोक गाउँपालिका ४ राम्चेमा यात्रुवाहक बस दुर्घटना भएको हो । ना ५ ख ५३०५ नम्बरको यात्रुवाहक बस बुधवार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परी २० जना घाइते भएका छन् । पाँच जनाको चितवन र १५ जना घाइतेको गोरखा नगरपालिका १० छेपेटार स्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

गुडिरहेको बस सडकमा पल्टिँदा सबै यात्रु घाइते भएका हुन् । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button