तपाईँ सुन्दै हुनुहुन्छः

खुल्ला सरकार, नागरिक सशक्तीकरण र साझेदारी विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न

पोखरा । ‘’ खुल्ला सरकार, नागरिक सशक्तीकरण र साझेदारी : अवधारणा र अभ्यास ” विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ ।

राष्ट्रिय सूचना आयोग द्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सार्वजनिक लेखा समिति का सभापति मा। रोशन बहादुर थापाले यस खालको कार्यक्रमले भविष्यका लागी आफूले गर्नुपर्ने काम र दायित्व का लागी सबैलाई जिम्मेवार बनाउने भएकोले सबै लाई सहभागितामूलक रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो । देशमा व्यवस्था परिवर्तन भए पनि आधारभूत तहमा सुशासनको अनुभूति दिलाउन सक्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ ले सूचनाको हक सम्बन्धी कानुन र राष्ट्रिय सूचना आयोगको आवश्यक नै नपर्ने प्रणालीको विकास गर्नका लागी खुला शासन प्रणाली ल्याउने प्रयास स्वरूप सबै प्रदेशमा यस खालको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो ्र

कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय का सचिव  राम प्रसाद आचार्यले सूचनाको हक लाई प्रवर्द्धन गर्नका लागी गण्डकी प्रदेश सरकारले डिजिटल गण्डकी प्रदेशको अवधारणा ल्याएको बताउनु भयो ।

वरिष्ठ पत्रकार तारानाथ दाहाल ले प्रस्तुत गर्नु भएको कार्यपत्र माथि गण्डकी प्रदेश सभाका सदस्यहरु मायानाथ अधिकारी, विकास लम्साल लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसदहरू, प्रदेश सरकारका सचिवहरू, सूचना अधिकारीहरू, सञ्चारकर्मीहरू र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button