तपाईँ सुन्दै हुनुहुन्छः

रामेछाप बस दुर्घटनाबाट अध्यक्ष दाहाल मर्माहत

काठमाडौं।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ ।

आज एक वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले उक्त दुर्घटनामा परी ज्यान गुमाउनुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस सुनापति गाउँपालिकास्थित पिपलडाँडामा दुर्घटना हुँदा नौ जनाको घटनास्थलमा र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button