तपाईँ सुन्दै हुनुहुन्छः

जसपा: अध्यक्षद्वय यादव र भट्टराई पक्षको छुट्टाछुट्टै भेला हुँदै

काठमाडौँ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले छुट्टाछुट्टै भेला गर्ने भएका छन् ।

file photo

अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा वीरगञ्जमा असार २९ र ३० गते केन्द्रीय समिति बैठक बस्दै छ।

यसैगरी, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले असार २९ र ३० गते नै काठमाडौँमा छुट्टै भेलाको आयोजना गर्दै छ। यसअघि अध्यक्षद्वय यादव र भट्टराईबिच अलग हुने समझदारी भएको थियो।

पूर्वमन्त्री समेत रहनुभएका जसपाका उपाध्यक्ष रेणुकुमारी यादवले वीरगञ्जको केन्द्रीय समितिको बैठकबारे थाहा भए पनि भट्टराई पक्षको भेला बारे जानकारी नभएको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button