ताराखोलामा चट्याङ लागेर ९ पशुचौपाया मरे
बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा चट्याङ लागेर ९ वटा पशुचौपाया मरेका छन् ।
सोमबार राति परेको चट्याङ लागेर ताराखोला–५ ढुडुलेका नरबहादुर रोकाका दुई गोरु, रेशमलाल आचार्य, नवीन रोका र कर्ण बहादुर रोकाका एक/एक गोरु मरेका छन् ।
त्यसैगरी वीरबहादुर रोका, शालिग्राम कँडेल, दण्डपाणि कँडेल र मणिराज कँडेलका एक/एक वटा भैँसी मरेको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्