नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रमा टुकीसहित प्रदर्शन

दोलखा । दोलखाका नागरिक अभियन्ताहरूले जिल्लामा विद्युत् अनियमितता भएको विरोधमा बिहीबार नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दोलखामा मसाल, टुकी र मैन बत्तीसहित प्रदर्शन गरेका छन् ।
विरोध प्रदर्शनपछि नागरिक अभियन्ताको तर्फबाट चिरञ्जीवी मास्के वितरण केन्द्र प्रमुख मेघनाथ ढकाललाई ज्ञापनपत्र दिनुभएको थियो ।
कार्यक्रममा नागरिक अभियन्ता रमेश खतिवडा, होमप्रसाद पाठक, दोलखा उद्योग वाणिज्य संघका कार्यवाहक महासचिव विमल श्रेष्ठ, पत्रकार दिपक बस्नेत, श्रृजन कुमार घिमिरे लगायतले बिजुलीमा देखिएको समस्याबारे जानकारी गराउनुभएको थियो ।
सो अवसरमा वितरण केन्द्र प्रमुख ढकालले दोलखामा विगतको तुलनामा बिजुलीको समस्यामा निक्कै सुधार आएको बताउनुभयो ।
अन्य जिल्लाको तुलनामा दोलखामा बिजुलीको समस्या अत्यन्त कम रहेको उल्लेख गर्नुहुँदै प्रमुख ढकालले प्राविधिक कारणले बेला बेलामा केही समस्या देखिएको र त्यसको सुधारको लागि तदारुकताका साथ काम भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्