झापाका डुबान पीडित १७६ परिवार घर फर्किए
भद्रपुर, झापा । वर्षा कम हुन थालेपछि झापाका विभिन्न स्थानबाट विस्थापित भएका डुबान पीडितहरू घर फर्किन थालेका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अनुसार विस्थापित २८९ मध्ये आजसम्ममा १७६ परिवार घर फर्किसकेका छन् । बुधवार दिउँसोदेखि वर्षा रोकिएको थियो ।
अझै पनि एक सयभन्दा बढी पीडित परिवार नजिकैको विद्यालय, धर्मशाला र मन्दिरहरूमा आश्रय लिएर बसिरहेका छन् । आश्रितहरूलाई नेपाल रेडक्रस सोसाइटी र विपद् व्यवस्थापन समितिले राहत वितरण गरिरहेको छ ।
रेडक्रसले बुधवार गौरीगञ्ज १ का ५० बढी विस्थापित परिवारहरूको लागि ६० थान त्रिपाल र ६० थान हाइजिन किट वितरण गरेको छ ।
जिल्लास्थित सुरक्षा निकाय, राजनीतिक दल तथा जनप्रतिनिधिहरूको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।






प्रतिक्रिया राख्नुहोस्