कमला नदीको आसपास हुनेहरूलाई उच्च सततर्कता अपनाउन आग्रह
सिन्धुली । जल तथा मौसम विज्ञान विभागले सिन्धुली जिल्ला स्थित कमला नदी,रानीबास जलमापन केन्द्रमा जल सतह सतर्कता आसपास पुगेको बताएको छ ।
विभागले अझै पानीको सतह बढ्दो रहेको र थप वर्षा हुने पूर्वानुमान रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले सिन्धुली, उदयपुर, धनुषा, सिराहा लगायत कमलाको तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा हुनेहरूलाई आज बेलुका सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।








प्रतिक्रिया राख्नुहोस्