मानसिक सन्तुलन गुमाएकी काली माया लिम्बू ६ महिनादेखि गोठमा

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं १ हातिखर्कमा अपाङ्ग तथा मानसिक सन्तुलन गुमाएकी काली माया लिम्बू गोठमा थुनिएर बस्नु परेको छ ।
लिम्बूको भाइ बुहारीले करिब ६ महिना देखि गोठमा खोर बनाएर बाँधेर थुनेर राखेका छन् । अपाङ्ग र मानसिक सन्तुलन गुमाएका ६७ वर्षकी लिम्बू ६ महिना देखि खोरभित्र बाँचिरहनु परेको छ ।

उनको पारिवारिक आर्थिक अवस्था ज्यादै कमजोर भएकै कारण उपचार गर्न नसकेर खोर बनाएर खोरमा थुनेर राखेको हो । यसरी थुनेर राखेको काली माया लिम्बूको अवस्था थाहा पाए पछि सङ्घीय संसद् राजेन्द्र कुमार राई सोमबार हेर्न पुग्नु भएको थियो ।
काली माया लिम्बूको अवस्था हेरे पछि उहाँले अहिलेसम्म नागरिकता समेत नलिएका र अपाङ्ग भत्ता बाट पनि वञ्चित भएको पाएको ले थुनिएकी लिम्बूको उद्धार गरी नागरिकता तथा अपाङ्ग भत्ताको व्यवस्था गरिदिने बताउनुभयो । उनका बुवा भद्र बहादुर लिम्बू र आमा कान्छी माया लिम्बूको मृत्यु भई सकेको छ ।







प्रतिक्रिया राख्नुहोस्