तपाईँ सुन्दै हुनुहुन्छः

हतियारसहित तीन भारतीय नागरिक पक्राउ

जनकपुर । सशस्त्र प्रहरीको टोलीले आज धनुषाको विदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र बेस क्याम्प महिनाथपुरबाट खटिएको टोलीले हतियारसहित भारत, बिहारको मुजफ्फरपुर ७ साहेबगङ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्ज्वल कुमार र २६ वर्षीय सञ्जय कुमारलाई पक्राउ गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले जानकारी दिनुभयो ।

जनकपुरधामबाट भारततर्फ जाँदै गरेको तीनै सवार बिआर ०६ एपी ३००८ नम्बरको मारुती सुजुकी कारलाई भारतीय सीमा क्षेत्रमा रोकेर जाँच गर्दा सिट मुनिबाट मेड इन युएसए लेखिएको ७.६५ राउन्ड एक थान लोड भएको पेस्तोल बरामद भएको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो ।

पक्राउ परेका तीनैलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button