तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीको ध्यान प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा केन्द्रित हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब सिङ्गो पार्टीको ध्यान प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकको आज काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले निर्वाचनमा अधिकतम सफलता हासिल गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा एकिकृत समाजवादीबाट २८ प्रतिशत मात्रै उम्मेदवार हुँदा पनि ९ लाख मत प्राप्त गर्न सफल भएको भन्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अहिलेदेखि नै आ–आफ्नो कार्यक्षेत्रमा खटिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले पार्टी निर्माण भएको १० महिनाको अवधिमा विभिन्न अवरोधकाबीच पनि देशका सबै प्रदेश र जिल्लाहरूमा पार्टीको कमिटी गठन भइसकेको र छिट्टै सबै स्थानीय तह र वडाहरूमा कमिटी गठन गरेर त्यसै अनुसार पार्टी परिचालन गरिने पनि बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button