खोलाले बगाएर एक जनाको मृत्यु
मुगु । मुगुको सदरमुकाम गमगढी बजारदेखि करिब एक घण्टा पैदल दुरीमा रहेको लुमको खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
बिहान ९ बजे तर्ने क्रममा खोलाले बगाएर छायानाथ रारा नगरपालिका–१३ लुम गाउँका अन्दाजी चालीस वर्षीय गोरखबहादुर खड्काको मृत्यु भएको स्थानीय धर्मसिंह कामीले बताउनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले ७ सय मिटर तल खड्काको शव फेला पारेका थिए ।






प्रतिक्रिया राख्नुहोस्