राप्ती नदीको बाढीमा फसेका दुई जना महिलाको उद्धार

नेपालगन्ज । बाँकेको राप्ती नदीको बाढीमा फसेका दुई जना महिलाहरूलाई प्रहरीले उद्धार गरेको छ ।
माछा मार्न राप्ती नदीमा गएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ का ३५ बर्षीया प्रदेशनी थारु र ४० बर्षीया मीना थारुलाई वडा नम्बर २ बग्दैला घाट नजिकैबाट उद्धार गरिएको कचनापुर चौकीका प्रहरी सहायक निरीक्षक बिष्णु खड्काले जानकारी दिनुभयो ।
प्रहरी टोलीले आज दिउँसो साढे ३ बजे उनीहरूलाई उद्धार गरेको प्रहरी सहायक निरीक्षक खड्काले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्