काँकडभिट्टा र पशुपतिनगर नाका सिल, भद्रपुर खुला

भद्रपुर, झापा । भारत, दार्जिलिङ जिल्लाको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई मध्यनजर गर्दै पूर्वी नाका आजदेखि सिल गरिएको छ ।
आज बिहानैदेखि पूर्वी नेपालको काँकडभिट्टा र पशुपतिनगर नाका सिल गरिएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो ।
भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर नाका सिल गरिएको हो ।
भद्रपुर नाका भन्ने खुला छ । बङ्गाल र बिहारको सीमा जोडिएको भद्रपुर नाकाको चेकपोस्ट विहारमा रहेकोले सो नाका खुला रहेको भारतीय एसएसबीले जनाएको छ ।
सिल गरिएका नाका सोमबार बिहान ६ बजेपछि मात्र खोलिनेछ ।
बिरामी, असहाय र अशक्तहरूलाई नाका वारपार गर्नुपरेमा भने दुवैतिरका सुरक्षा निकायको समन्वयमा आवतजावतको व्यवस्था मिलाइने प्रजिअ रिजालको भनाइ छ ।






प्रतिक्रिया राख्नुहोस्