तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरपालिकामा ५ अर्ब ७४ करोड ४२ लाखको बजेट प्रस्तुत

काठमाडौँ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको बजेट ल्याएको छ । 

शुक्रवार नगर सभामा उपमेयर चित्रसेन अधिकारीले बजेट पेश गर्दै महानगरको  नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि कुल ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गर्नुभयो ।

उक्त बजेटको स्रोत महानगरले आन्तरिक आयबाट १ अर्ब ५० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैङ्क मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड, सडक बोर्ड नेपालबाट ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट ५ करोड बेहोरिने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button