तपाईँ सुन्दै हुनुहुन्छः

सचिवमा बढुवा हुनुभएका सिंहको प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन

काठमाडौं । सरकारले सहसचिवबाट सचिवमा बढुवा हुनुभएका विनोदप्रकाश सिंहको प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई सचिवमा बढुवासँगै पदस्थापन गर्ने निर्णय गरेको हो । उहाँ यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिव एवम प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ को प्रमुख सचिवको जिम्मेवारीमा रहेका सचिव डा.रामप्रसाद घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

उहाँ एक वर्षअघि सहसचिवबाट सचिवमा बढुवा भएपछि केहि समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्तमा रहेर गत साउनमा प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button