तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक सफल मिर्गौला प्रत्यारोपण 

कास्की  । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल अस्पतालमा आज ५० बर्षिया महिलाको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।

अब मिर्गौलाका बिरामीहरूले मिर्गौला प्रत्यारोपण गर्न अन्यत्र जानु नपर्ने भएको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आज पहिलो मिर्गौला प्रत्यारोपण सफलतापूर्वक गरिएको छ ।

गण्डकी प्रदेश मै पहिलो पटक प्रतिष्ठानको आन्तरिक खर्च व्यवस्थापन गरी सुरु गरिएको उक्त सेवा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको हो ।

केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा.प्रकाश क्षेत्री सहितको टिमले करिब ४ घण्टाको समय लगाएर ५० वर्षीय महिला बिरामीमा ५१ वर्षीय पुरुषको किड्नी प्रत्यारोपण गर्न सफल भएका प्रतिष्ठानका निर्देशक प्रा.डा.भरतबहादुर खत्रीले बताउनुभयो ।

पोखरामा दैनिक डायलासिस गर्नुपर्ने मिर्गौला बिरामी ५ सयभन्दा बढी छन्  । 

पोखरामा नै मिर्गौला प्रत्यारोपण हुने भएपछि धेरै बिरामीको उपचारमा सहज हुने र आगामी दिनमा उक्त सेवालाई बढाउँदै लैजाने योजना रहेको अस्पताल प्रशासनको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button