सप्तरीमा बस अनियन्त्रित भई पल्टिदा एकको मृत्यु, ११ जना घाइते

सप्तरी । सप्तरीमा आज बस अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेकी अन्दाजी ५५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख १८९८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकभन्दा २० फिट तल खसेर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसमा सवार ११ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्