तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत सुर्यविनायक नजिक आदर्शचोकमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सुर्यविनायक चोकबाट जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ नम्बरको टिपरले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी परिसरका अनुसार आज  बिहान २ बजे भएको सो दुर्घटनामा घाइते मोटरसाइकलमा सवार दुवै जनालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा करिब ३ बजेतिर दुवै जनाको मृत्यु भएको हो । 

परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले मोटरसाइकल सवार भक्तपुर नगरपालिका वडा नम्बर २ बस्ने वर्ष १९ का निश्चल चौगुठी र अर्का नाम थर नखुलेका अन्दाजी वर्ष २० का पुरुषको मृत्यु भएको बताउनुभयो ।

मृतक दुवैको शव भक्तपुर अस्पतालमा राखिएको छ । टिपर चालक जिल्ला दोलखा मेलुङ गाउँपालिका ३ घर भई हाल काठमाडौँ जिल्ला सुकेधारा बस्ने बर्ष ३५ को धनबहादुर थोकर प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ । 

घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेकोसमेत प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button