तपाईँ सुन्दै हुनुहुन्छः

म्याद सकिएका औषधिमा मिति थपेर बेच्ने पक्राउ

रुपन्देही । म्याद सकिएका औषधिमा नयाँ मूल्य र मिति राखेर विक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालयले यस्तो अवैध काममा संलग्नलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले नागार्जुन गाउँपालिका –२ बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका–३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका–११ बैतडीका २६ वर्षीय हरिष भण्डारी पक्राउ परेको जानकारी दिनुभयो ।

उनीहरूलाई बुटवल उपमहानगरपालिका–७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैधरुपमा औषधी तथा पोषणयुक्त सामग्रीको गोदाम गरेर नयाँ मूल्य राखी विक्री वितरण गरेको आरोपमा पक्राउ गरिएको थियो । पक्राउ परेका उनीहरू उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकता विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट २ सय कार्टुन विभिन्न प्रकारका प्रशोधन (औषधी) तथा पोषणयुक्त सामाग्रीहरू र १ थान प्रिन्टिङ मेसिन बरामद गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button