झापामा हात्ती धपाउन गएका किशोरको सर्पदंशबाट मृत्यु
भद्रपुर, झापा । झापामा हात्ती धपाउन गएका एक किशोरको सर्पदंशबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्गलवार राति गाउँमा पसेका जङ्गली हात्ती खेदाउन निस्किएका बुद्ध शान्ति गाउँपालिका–५ स्थित खारखोला निवासी १५ वर्षीय किशोर अजित तामाङको सर्पदंशबाट मृत्यु भएको हो ।
गाउँलेसँगै हात्ती धपाउन गएका तामाङलाई विषालु सर्पले डसेको थियो । त्यसपछि उनलाई उपचारका लागि सर्प दंश उपचार केन्द्र चारआली लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्