तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानसेनापतिद्वारा लेबनानी प्रधानमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौँ । लेबनानस्थित शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले आज त्यहाँका प्रधानमन्त्री नजिव आजमी मिकातीसहितका उच्च अधिकारीहरूसँग शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानसेनापति शर्माले आजै त्यहाँका रक्षा मन्त्री मौरिस स्लीम, सभामुख नबिह बेरी र लेबनानका सैनिक कमान्डर जनरल जोसेफ खलिल आऊनसँग शिष्टाचार भेटघाट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भेटघाटका क्रममा लेबनानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेबनानबिचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबिच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयमा छलफल भएको बताइएको छ ।
प्रधानसेनापति शर्मा यही असार ४ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ जानुभएको हो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button