तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा (एस)ले मुखपत्र ‘समाजवाद’ प्रकाशन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रचार विभागले पार्टीको मुखपत्रका रुपमा रहेको ‘समाजवाद’ प्रकाशन गर्ने भएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी प्रकाशन गर्न लागिएको उक्त मुखपत्रलाई देशभर रहेका सङ्गठनमार्फत जनतालाई वितरण गरिने लक्ष्य राखिएको छ ।

file photo

मुलुकमा रहेका शोषित, श्रमिक, सीमान्तकृत तथा राज्यका मूलधारमा आउन नसकेका जनताले भोगिरहेको असमानता, शोषण, वर्गीय विभेदको अन्त्य गरी राजनीतिक पहुँच, आर्थिक तथा राजनीतिक समानताका माध्यमबाट सामाजिक रूपान्तरण गर्न समाजवादको महत्त्व रहेको सन्देश प्रवाह गर्ने उद्देश्यले उक्त मुखपत्र प्रकाशन गर्न लागिएको प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिनुभयो ।

मानव विकास र सामाजिक कल्याणलाई प्राथमिकतामा राख्ने आदर्शका रुपमा समाजवादलाई लिएको छ । राजनीति र आर्थिक शक्तिको व्यापक विकेन्द्रीकरण गर्न समाजवादको माध्यमबाट सकिने सन्देश मुखपत्रमा समावेश गरिनेछ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button