तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा एक बालकको मृत्यु, दुई जना घाइते

डडेल्धुरा । डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा नीराजन बोहरा रहेका छन् ।

पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिर खालीबाट मङ्गलवार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिनुभयो ।

मृतक नीराजन कक्षा १ मा अध्ययनरत थिए । बगेको ठाउँबाट ५०/६० मिटर तल नीराजनको शव फेला परेको स्थानीयले बताएका छन् ।

घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउद र १४ वर्षीय गोपाल साउद रहेका छन् । रेशम र गोपाल कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् । रेशमको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button