घाँटीमा पासो भएकै अवस्था कैलालीमा पाटेबाघ मृत अवस्थामा फेला
टीकापुर, कैलाली । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको पाटेबाघ कैलालीमा मृत अवस्थामा फेला परेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीले असार ५ गते आइतबार टीकापुर नगरपालिका वडा नम्बर २ स्थित जनशक्ति सामुदायिक वनको बेतेडीमा पाटेबाघलाई मृत फेला पारेका हुन् । पाटेबाघ घाँटीमा तारको पासो लागेर मरेको अवस्थामा फेला परेको हो ।
जनशक्ति सामुदायिक वनका अध्यक्षका दीर्घ तिरुवाले राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जका कर्मचारी आई बाघ फेला पारेपछि प्रहरी, वन कार्यालयलाई बोलाउन लगाएको र मुचुल्का गरी लम्की लगेर गएको बताउनुभयो । पाटेबाघ हराएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट दुई जना र बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई जना कर्मचारी खोज्दै कैलाली आउनुभएको थियो ।
‘१२ वर्षको वयस्क भाले बाघको घाँटीमा पासो र तीन फिट लामो काठ रहेको थियो । वन सव डिभिजन कार्यालय टीकापुरका सहायक वन अधिकृत मोहम्मद ताहा हुसेन मिकरानीले अन्तै पासोमा परेको पाटेबाघ घुम्दै त्यहाँ पुग्दा पासो झन् कस्सिएर मरेको हुन सक्ने बताउनु भयो । मृत पाटेबाघलाई वन डिभिजन कार्यालय पहलमानपुरको जिपमा लगी सव डिभिजन कार्यालय लम्कीको प्राङ्गणमा गाडिएको सहायक वन अधिकृत मिकरानीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्