तपाईँ सुन्दै हुनुहुन्छः

योगलाई खेलकुदसँग जोड्नुपर्छ : मन्त्री अथक

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अथकले योगलाई खेलकुदकै अङ्गका रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो । 

पछिल्लो समय विश्वभर योग संस्कृतिले व्यापकता पाइरहेको उल्लेख गर्दै मन्त्री अथकले खेलकुदका अलावा शिक्षा र स्वास्थ्यलाई समेत योग संस्कृतिसँग जोड्नुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आर्ट अफ लिभिङले वर्ल्ड ट्रेड सेन्टरमा आयोजना गरेको विशेष कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री अथक योगाभ्यासमा समेत सहभागी हुनुभएको थियो । 

हरेक वर्ष जुन २१ तारिकमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button