डडेलधुरामा ट्याक्टर दुर्घटना
डडेल्धुरा । डडेलधुराको अमरगढी नगरपालिकाको कारीगाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् ।
डडेल्धुरा बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ५४४८ नम्बरको ट्याक्टर गए राति करिब साढे ११ः०० बजे सडकबाट २०० मिटर तल खसेको छ ।
ट्याक्टरको अगाडीको भाग पूर्णरुपमा क्षति भएको अवस्थामा फेला परेको र चालक फेला नपरेको उनी फरार रहेको आशङ्कामा खोजी कार्य भइरहेको प्रहरी चौकी बागबजार डडेलधुराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्