जिसस बैतडीद्वारा नयाँ गाडी र पाहुना घरको माग

बैतडी । जिल्ला समन्वय समिति बैतडीले प्रदेश र सङ्घीय सरकारसँग आवतजावतको लागि गाडी उपलब्ध गराई पाउ भनी अनुरोध गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र धामीको अध्यक्षतामा आइतबार बसेको बैठकबाट यस्तो निर्णय भएको हो ।
समन्वय समितिको कार्यालयमा उपलब्ध सवारी साधनहरू बिग्रन लागेको र कामकाजका लागि समस्या भइरहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाटले जानकारी दिनुभयो ।
यसैगरी आइतबारकै बैठकबाट जिससको पाहुना घर पुनर्निर्माणको लागि पनि प्रदेश सरकार समक्ष बजेट व्यवस्थापनको माग गरिएको छ ।
यस्तै समन्वय समितिको कार्यालयमा रिक्त रहेका कर्मचारीहरू पदपूर्तिको लागि माग गर्ने निर्णय पनि भएको छ ।
जिल्ला समन्वय समितिको जिल्ला सभा पनि असार ३२ गते बस्ने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्