तपाईँ सुन्दै हुनुहुन्छः

इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

चितवन । चितवनको माडीमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–७ का सूर्य गुरुङ र शिव राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपराह्न साँढे ४ बजे सोही ठाउँमा रिता रेग्मीको घरको प्यासेजभित्र रहेको इनार सफा गर्ने क्रममा गुरुङ भित्र पस्दा केही समयमा बोल्न नसकेपछि उद्धारका लागि हातले इशारा गरेका थिए ।

उनलाई उद्धार गर्न ढाडमा डोरी बाँधेर भित्र पसेका राई डोरी चुँडिएर तल खसेका थिए । घटना भए लगत्तै प्रहरीको टोलीसहित स्थानीयले पानी निकालेर उनीहरूलाई उद्धार गर्दा दुवैको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button