वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु
सल्यान । वनमा लागेको आगो निभाउने क्रममा सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ डाडाँकटेरीका अन्दाजी ५७ वर्षीय दल बहादुर बुढाथोकीको आगो निभाउने क्रममा मृत्यु भएको हो ।
दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा आगोको लप्कोले जलेर उनको मृत्यु भएको सिद्ध कुमाख गाउँपालिका ३ का वडाध्यक्ष जीवराज बोहोराले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुढाथोकी खोटोको काम गर्ने भएका कारणले खोटोको बाकस बचाउने क्रममा शनिबार दिउँसो आगोमा परी मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्