सङ्घ र प्रदेशको निर्वाचन पछिसम्म पनि गठबन्धन रहन्छ : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुङ्गोमा लगाउने बेलासम्म पाँच दलीय गठबन्धन कायम रहने बताउनुभएको छ ।
चितवनको भरतपुर महानगरपालिकाले आज आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष ‘प्रचण्ड’ले सङ्घ र प्रदेशको निर्वाचनसम्म मात्रै नभएर शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउने र विकासको नयाँ युगतिर लैजानका लागि पनि सामूहिकतामा नै जाने बताउनुभयो ।

देशलाई अब कसैले प्रतिगमनतर्फ लान नसक्ने भन्नुहुँदै अध्यक्ष ‘प्रचण्ड’ले एकताको पक्ष र विरोधीका बीचमा अहिले लडाइँ चलिरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष ‘प्रचण्ड’ले स्टेर्ट पार्टनरसीप प्रोग्राम (एसपिपी) पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा भएको बताउनुभयो ।

कार्यक्रममा ऊर्जा, सिँचाइ तथा जलश्रोत मन्त्री पम्फा भुसालले नारायणी तटबन्धन र सिँचाइका क्षेत्रमा भरतपुरमा महत्त्वपूर्ण काम अघि बढेको बताउनुभयो । वार्षिक रु तीन खर्ब ५० अर्बभन्दा बढी खाद्यान्न बाहिरबाट आएको भन्दै उहाँले यसलाई रोक्ने गरी कृषि उत्पादन यही गर्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चितवन, मकवानपुर र धादिङमा चेपाङलाई लक्षित गरी विशेष कार्यक्रम अघि सारिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्