तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा ६ महिनामा १७ वटा मानवअधिकारसँग सम्बन्धित घटना दर्ता

पाँचथर । पाँचथरमा ६ महिनामा १७ वटा मानवअधिकारसँग सम्बन्धित घटनाको अभिलेख भएका छन् ।

अभिलेखमा भएअनुसार बलात्कार र बाल यौन दुर्व्यवहार घटना बढी देखिन्छ । 

जिल्लामा हत्या २ , झडप २ , बहुविवाह २ , बाल यौन दुर्व्यवहार ३ र बलात्कारका घटना ८ गरी १७ वटा घटनाको अभिलेख राखिएको छ । 

इन्सेक पाँचथरको आयोजनामा भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा घटनाको अभिलेख सम्बन्धी जानकारी गराइएको हो । 

जिल्लामा सबैभन्दा बढी बलात्कार र यौन दुर्व्यवहार सम्बन्धी घटना भएको इन्सेक प्रतिनिधि सहमान विश्वकर्माले जानकारी दिनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेले घटना न्यूनीकरण गर्न स्थानीय सरकार, राजनीतिक दल, प्रहरी प्रशासन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button