तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नै प्रेमीको घाँटी थिचेर हत्या

दोलखा । गत जेठ ११ गते मृत भेटिएका गौरीशङ्कर गाउँपालिकाका यान बहादुर बस्नेतलाई उनकै प्रेमीकाले हत्या गरेको पुष्टि भएको दोलखा प्रहरीले बताएको छ । झण्डै दुई साताको अनुसन्धान पछि प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

दोलखा गौरीशङ्कर गाउँपालिका वडा नम्बर ३ झ्याँकु सर्सेपुका यान बहादुर जेठ १० गते साँझबाट हराएका थिए । त्यसको भोलिपल्ट जेठ ११ गते उनलाई मृत अवस्थामा भेटिएको थियो । लगतै मृतक यान बहादुरको बुबा दिल बहादुर बस्नेतले मृतकको प्रेमीका सहित केहीको नाममा किटानी जाहेरी दिएका थिए । 

प्रहरीले मृतकको प्रेमीका, उनको परिवारको सदस्य र एक जना छिमेकी सहित सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको र यान बहादुरको हत्या उनकै प्रेमीकाले गरेको खुलेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गङ्गा पौडेलले बताउनु भयो ।

करिब दुई बर्ष देखि प्रेम सम्बन्धमा रहेका यान बहादुर आफ्नो प्रेमिकासँग विवाह गर्न चाहन्थे । तर हाडनाता पर्ने भन्दै परिवारका सदस्यहरूले विवाह गर्न अनुमति नदिएपछि उनीहरू बीच विवाद हुँदै आएको थियो । 

जेठ १० गते राति परिवारको असहमति रहेपनि भगाएर विवाह गर्ने भन्दै यान बहादुर प्रेमीकाको घर गएको र सो क्रममा पनि दुई बीच विवाद भएपछि प्रेमीकाले यान बहादुरको घाँटी अठ्ठयाएर हत्या गरेको पाइएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो । 

यान बहादुर हत्या अनुसन्धानको क्रममा पक्राउ परेको मृतकको प्रेमीका सहित परिवारका सदस्य छ जना र एक जना छिमेकी गरी सात जनालाई अदालतमा पेश गर्ने तयारी भएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो । पक्राउ परेका सात जना मध्य दुई जना नाबालक रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button