तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीको सिगासस्थित सेती नदिमा साँघुबाट खसेर किशोरीको मृत्यु

बैतडी । बैतडीको सिगासस्थित सेती नदिमा साँघुबाट खसेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । 

डोटीको बडिकेदार गाउँपालिका वडा न. ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउँदै गरेकी अधिकारी नदिमा खसेकी हुन् । 

नदिमा बेपत्ता भएकी किशोरीको शव स्थानीयवासीले निकालेका छन् ।

१ साता अगाडि समेत एकजना पुरुष सोही ठाउँबाट खसेका थिए । उनी नदिमा खसेको केही समयपछि किनारा लागेकोमा स्थानीयवासीले उद्धार गरेका थिए । 

आज बिहान साढे १० बजे खसेकी किशोरीको जीवितै उद्धार गर्न असम्भव भएपछि मृत्यु भएको स्थानीय शिक्षक पदम साउदले बताउनुभयो । 

२०७८ असोजमा आएको बाढीले सेती नदिको पुल भत्काएपछि साँघुबाट तर्ने गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button