तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई व्यवस्थित गरिने : मन्त्री श्रेष्ठ

काठमाडौँ । बजेटमाथि मन्त्रालयगत रुपमा उठेका प्रश्नको जवाफ दिने क्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई व्यवस्थित गर्न मन्त्रालयले प्राथमिकता दिएको बताउनुभयो । 

मन्त्री श्रेष्ठले सङ्घीय निजामती सेवा ऐन तर्जुमा गर्ने कार्यलाई अन्तिम चरणमा रहेको र ऐन मार्फत अस्थायी र करार कर्मचारीहरूलाई समेत सामाजिक सुरक्षाको दायराभित्र ल्याउने प्रयास भइरहेको पनि बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button