गण्डकी प्रदेशको आगामी बजेट झण्डै ३६ अर्ब
कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन )ले उक्त रकम बराबरको बजेट पेस गर्नुभएको हो ।

कुल बजेटमध्ये चालु खर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् ३६.९५ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री बरालले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षमा सञ्चित कोषमाथि १ करोड ८८ लाख रुपैयाँ व्ययभार पर्ने अनुमान गरिएको छ । सरकारले ल्याएको उक्त बजेटमध्ये सङ्घ सरकारले दिएको वित्तीय समानीकरण अनुदान ७ अर्ब ९२ करोड ७९ लाख, राजस्व बाँडफाँट ९ अर्ब २३ करोड, सशर्त ६ अर्ब ९१ करोड ८३ लाख, समपूरक अनुदान ८३ करोड ७० लाख र विशेष अनुदान ८६ करोड समावेश गरिएको छ ।

सरकारले आन्तरिक राजस्व ५ अर्ब ९ करोड उठाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा २ अर्ब ७१ करोड नगद मौज्दात बाँकी रहने र अपुग २ अर्ब ऋण लिने बरालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्