बागमती प्रदेश सभामा पाँच वटा प्रतिवेदन पेस
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश लोकसेवासम्बन्धी पाँच वटा विधेयक पेस भएको छ । बजेट ल्याउने अघिल्लो दिन आज प्रदेश सरकारले पाँच वटा प्रतिवेदनहरू पेस भएको हो ।

प्रदेश सभा बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो । यस्तै बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आले मगरले आ–आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गर्नु भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
त्यस्तै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गर्नु भएको छ । आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुहुँदै मन्त्री जम्मकट्टेलले आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) ४८ खर्ब ५१ अर्ब ६२ करोड रहने अनुमान गरिएकोमा बागमती प्रदेशको अंश सबै प्रदेशको भन्दा बढी ३६ दशमलव ९ प्रतिशत अर्थात् १७ खर्ब ९० अर्ब ६८ करोड रहने अनुमान रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्