तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

चितवन । चितवनमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार कालिका नगरपालिका–९ का बल बहादुर तामाङ रहेका छन् । घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाउँका प्रदीप कुमार श्रेष्ठ र स्कुटर पछाडि सवार सुक बहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउसो १ बजे कालिका नगरपालिका वडा नम्बर ५ सिमाचोक स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना३९प २९७१ नम्बरको मोटरसाइकल र गढुवाचोक बाट पदमपुर सामुदायिक बनतर्फ आउँदै गरेको प्रदेश २—०३—००७प ५६७५ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते बल बहादुर तामाङको उपचारको क्रममा पुराना मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको हो । घाइते श्रेष्ठ र तामाङको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटर चालक सुकबहादुरका छोरा विजमान तामाङ सम्पर्कमा नभएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button