तपाईँ सुन्दै हुनुहुन्छः

जिसस चितवन प्रमुखमा गोलाप्रथाबाट एमालेका अधिकारी निर्वाचित

चितवन । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेबाट नारायणप्रसाद अधिकारी निर्वाचित भएका छन् । अधिकारी गोलाप्रथाबाट प्रमुखमा निर्वाचित भएका हुन् । त्यस अघि भएको मतदानमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका पूर्ण बहादुर रानाभाट र एमालेले अधिकारीले समान सात–सात मत पाएका थिए । मत बराबर भएपछि गोलाप्रथा गरिएको हो ।

अधिकारी यही स्थानीय तह निर्वाचनमा इच्छाकामना गाउँपालिका–३ को वडा सदस्यमा भारी मतान्तरले विजयी भएका थिए । उनी एमालेको बागमती प्रदेश कमिटी सदस्य समेत हुन् । उप–प्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा यस अघि नै निर्विरोध निर्वाचित भइसकेकी छन् । उप–प्रमुखमा सापकोटाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

जिससमा १४ मतदाता थिए । जसमा सत्ता गठबन्धन र एमालेका समान सात–सात जना थिए । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा चितवनका सात पालिकामा एमाले एमालेबाट प्रमुख र उप–प्रमुखमा गरी सात जना निर्वाचित भएका थिए । 

काँग्रेसबाट पाँच, नेकपा माओवादी केन्द्रका र एकीकृत समाजवादीका एक जना विजयी भएका थिए । उनीहरूले नै जिसस निर्वाचनमा मतदान गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button