सूचना प्रविधिको विकाससँगै साइबर सुरक्षा पनि देशका लागि उत्तिकै आवश्यक : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सूचना प्रविधिको विकाससँगै साइबर सुरक्षा पनि देशका लागि उत्तिकै आवश्यक भएको बताउनुभएको छ ।
नेपाल दूर सञ्चार प्राधिकरणको आयोजनामा आज राजधानीमा आयोजित साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा उपरको छलफल कार्यक्रममा सञ्चार मन्त्री कार्कीले साइबर सुरक्षा बिना देशलाई सुरक्षित गर्न नसकिने भएकाले यसको सुरक्षाका लागि कानुनको निर्माणमा गम्भीर भएर काम गर्नुपर्ने बताउनुभयो ।
सञ्चार मन्त्री कार्कीले साइबर आक्रमणबाट प्रभाव जमाउने गतिविधि सूचना प्रविधिको विकाससँगै विश्वमै चुनौतीका रुपमा बढिरहेकाले नेपालले लिने साइबर सुरक्षा सम्बन्धी नीति र कानुन विशेष प्रभावकारी बनाइनुपर्ने बताउनुभयो ।
सञ्चार मन्त्री कार्कीले साइबर सुरक्षाका उपायहरूको अवलम्बन गर्दै उच्च स्तरको सूचना प्रविधिको सेवा उपलब्ध गराउँदै लैजानुपर्ने पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदाको अध्ययन गरेर प्रभावकारी रुपमा परिणाम दिने गरी यसलाई अगाडी बढाइने बताउनुभयो ।
नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले साइबर सुरक्षा सम्बन्धी विधेयकलाई सरोकारवालको सुझावको आधारमा अघि बढाइने बताउनुभयो ।
साइबर सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक :








प्रतिक्रिया राख्नुहोस्