तपाईँ सुन्दै हुनुहुन्छः

देवर भाउजूको झुन्डिएर मृत्यु

डडेल्धुरा । डडेलधुराको आलिताल गाउँपालिकामा एउटै रुखमा देवर भाउजू झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।

आलिताल ५ बस्ने धनबहादुर बिककी श्रीमती पशुपति बिक र निजका सहोदर भाइ गणेश बिक एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको आलिताल प्रहरी चौकीले जनाएको छ ।

आलिताल ३ र ५ को सिमाना रेला पुल नजिकै रहेको कैलाश समैजेश्वर सामुदायिक बनमा बाकुलिको रुखमा प्लास्टिकको डोरीमा झुन्डिएको अवस्थामा उनीहरू भेटिएका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गङ्गादत्त बडूको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button