तपाईँ सुन्दै हुनुहुन्छः

जिसस दार्चुलाको प्रमुखमा बडू र उप–प्रमुखमा ठगुन्ना विजयी

दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका महादेव बडू (कश्यप) र उप–प्रमुखमा नेकपा माओवादी केन्द्रका अमर सिंह ठगुन्ना विजयी हुनुभएको छ । 

दार्चुला जिल्ला समन्वय प्रमुख महादेव बडू (कस्यप)

जिल्ला समन्वय समिति दार्चुलाको निर्वाचन अन्तर्गत सम्पन्न भएको निर्वाचनमा  गठबन्धनका तर्फबाट काँग्रेसका प्रमुखसहित ५ र माओवादीका उपप्रमुखसहित ४ सदस्य निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दार्चुला जिल्लाको जिल्ला समन्वय समितिको लागी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच चुनावी गठबन्धन भएको थियो भने नेकपा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button