भट्टी भत्काई ८ सय ३० लिटर घरेलु मदिरा नष्ट
बारा । बारा प्रहरीले दुई वटा घरेलु मदिरा भट्टी भत्काई ८ सय ३० लिटर मदिरा नष्ट गरेको छ ।

प्रहरी नायब निरीक्षक नारायण साहको कमान्डमा खटिएको गस्ती टोलीले महागढीमाई नगरपालिका–१० गंजभवानीपुर स्थित प्रभु महतो र भोला रामले सञ्चालन गरेको भट्टीबाट उक्त परिमाणमा मदिरा बरामद गरेको थियो ।
भट्टी पूर्ण रुपमा फुटाई भित्र रहेका कच्चा पदार्थ, तयारी मदिरा र भाँडाकुँडा सोही स्थानमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्