मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा बारामा दुई जनाको मृत्यु
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने अमलेखगन्जस्थित तीन नम्बर पुलमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ ।
चितवनबाट बिरगंजतर्फ आउँदै गरेको प्र.०३–००४ प १५१७ नम्बरको पल्सर मोटरसाइकललाई ना७ ख ३९४७ नम्बरको लहरीले ठक्कर दिँदा बारागढी गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी २६ वर्षीय देवेन्द्र चौधरी र उनका श्रीमती नन्द चौधरीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।
लहरीको ठक्करपछि सडकमा लडेका उनीहरूलाई सोही ट्रकले किचेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको छन् ।
दुर्घटना मृत्यु भएका चौधरी दम्पतीको शव परीक्षणका लागि कलैयास्थित जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ








प्रतिक्रिया राख्नुहोस्