तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको चुँदी खोलामा माछा मार्न जाँदा दुई जनाको मृत्यु

तनहुँ  । तनहुँको भानु नगरपालिकामा रहेको चुँदी खोलाले बगाएर स्थानीय दुई युवाको मृत्यु भएको छ ।

माछा मार्न भानु नगरपालिका वडा नम्बर २ र ५ को संगमस्थल बाङ्गेरहस्थित चुँदी खोला पुगेका स्थानीय भानु नगरपालिका–२ का २२ वर्षका सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

दिउँसो साढे ४ बजेतिर माछा मार्न गएका उनीहरू मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button